सुर्खेत - नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजामा खष सभ्यता जोगाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा स्याउको गेट बनाइएको छ। मानव जातीको उत्पत्तिसँगै सिंजाबाट खष सभ्यताको विकास भएपनि पछिल्लो सयम खष संस्कृती हराउँदै गएपछि सभ्यता जोगाउन महोत्सव आयोजना गरिएको हो।
महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले विश्वभरका नेपालीले आफ्नो मौलिकता जान्न एक पटक सिंजा आएर खष सभ्यताबारे अवलोकन गर्नुपर्ने बताए।
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सिंजामा पर्यटकीय गन्तव्य विकासका लागि प्रदेश सरकारले होमस्टे संचालनदेखि पूर्वाधार निर्माण गर्न आवश्यक वजेट विनियोजन गरेको बताए।
महोत्सव आयोजक कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरबिर रावतले महोत्सव व्यवस्थापनका लागि गाउँपालिकाले मात्रै २३ लाख वजेट छुट्याएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४