शनिबार, साउन ३०, २०८३

'विभेदका पर्खालहरु द्रूतगतिमा भत्किँदैछन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विभेदका पर्खालहरु द्रूतगतिमा भत्किँदै गएको बताएकी छिन्।

मानवअधिकारका लागि महिला, एकल महिला समूहद्वारा सञ्चालित हाम्रो आधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभालाई आज (शुक्रबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिलाका प्रगतिका बाधक विभेदका पर्खालहरू भत्किँदै गएको बताइन्।

'समाजमा रहेको विभेदहरू कम हुँदै गएको प्रसंगमा महिलाहरुमाथिको सामाजिक, आर्थिक, धार्मिक एवं सांस्कृतिक विभेदहरू कम हुँदै गएका छन्’, मन्त्री अर्यालले भनिन्। 

हिजो परनिर्भर बनेका महिला आज आत्मनिर्भर बन्नेतर्फ अगाडि बढिरहेको भन्दै उनले सिप सिकेर आत्मनिर्भर बन्ने अभियानमा दह्रो संकल्पसहित अगाडि बढ्न आग्रह गरिन्। घरभित्र बस्ने महिलाहरु व्यवसायी बन्दै गएको भन्दै उनले यस्ता गतिविधिले गौरवको अनुभूति हुने बताइन्।
 
मन्त्री अर्यालले सीप सिकेर व्यवसायिकतामा जान जोड दिइन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।