शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले बुझायो महराको प्रतिवेदन, बलात्कार प्रयास गरेको निस्कर्ष 

प्रहरीले बुझायो महराको प्रतिवेदन, बलात्कार प्रयास गरेको निस्कर्ष 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रहरी अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणीको प्रयास गरेको पुष्टि भएको भन्दै महरामाथि कैद तथा जरिवाना माग गरेको बुझिएको छ।

घटनास्थल मुचुल्का, जाहेरी तथा अनुसन्धान रिपोर्टहरुबाट जबरजस्ती करणी उद्योग गरेको पुष्टि हुने प्रहरी स्रोतको भनाई छ । 

तर, महराले भने इन्कारी बयान दिएका छन् । उनको इन्कारी बयानका बावजुद पनि कसुर स्थापित हुने आधार तयार भएको प्रहरी स्रोतले जनाएको छ । 

महराले असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनीको कोठामा पुगेर बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले हिरासतमा लिएको छ ।

आइतबारदेखि तिहार बिदा सुरू हुने भएकाले महराविरुद्धको मुद्दा दर्ता हुने भएमा तिहारपछि मात्रै हुनेछ । 

फरेन्सिक जाँचको केही रिपोर्ट अझै आउन बाँकी रहेकाले ति आएपछि बुझाउने पनि प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।