शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आलमलाई थप ८ दिन थुनामा राख्न आदेश : अनुसन्धान अन्तिम चरणमा

आलमलाई थप ८ दिन थुनामा राख्न आदेश : अनुसन्धान अन्तिम चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रौतहट- बम विस्फोट र इँटाभट्टामा हालेर व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई थप ८ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । 

आलमलाई हिरासतमा राख्न अदालतले आज तेस्रो पटक म्याद थपेको हो । दुईपटक दिइएको समयमा अनुसन्धानले पूर्णता नपाएपछि आज तेस्रोपटक म्याद थपिएकाे हाे ।  

असाेज २६ गते  पक्राउ परेका उनलाई सुरुमा ७ दिन र गएको आइतबार थप ५ दिनको म्याद लिएर हिरासतमा राखिएको थियाे । उनी हाल रौतहट प्रहरीकै हिरासतमा छन् ।

अदालतबाट म्याद थप गरेर प्रहरीले उनीसँग बयान लिइसकेको छ । प्रहरीले अनुसन्धान करिब अन्तिम चरणमा पुर्याएको छ ।

प्रत्यक्षदर्शी र पीडितहरुले खुलेर घटनाबारे बताएकाले अनुसन्धानमा केहि सहजता आएको प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानसँग जोडिएका सबै सबुत प्रमाण संकलनकै क्रममा रहेको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय रौतहटले १२ वर्षअघिको घटनासम्बन्धमा बयानका लागि नेपाल प्रहरीका दुई बहालवाला डीएसपीलाई झिकाएको छ । रौतहट प्रहरीले बयानका लागि डीएसपीद्वय राजीव बस्नेत र इन्द्र सुवेदीलाई उपस्थित गराइदिन मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

पूर्वमन्त्री आलमले पहिलो संविधान सभाको निर्वाचनको बुथ कब्जा गर्न केहि व्यक्तिलाई बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा अचानक विस्फोट भएपछि केहिको घटनास्थलमै मृत्यु भएको थियो भने केहि घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार घाइते भएकाहरुलाई उनले इट्टा भट्टामा हालेर जिउँदै जलाइ हत्या गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।