मंगलबार, असार २३, २०८३

दुई खेलका लागि नेपाल आइपुग्यो भारतीय फुटबल टिम [भिडियोसहित]

१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली नेपाल आइपुगेको हो। २५ खेलाडी तथा १२ खेल अधिकारीको टोली दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- नेपाल र भारत साफ च्याम्पियन्सिपको तयारीमा छन्। अक्टोबर १ बाट १३ सम्म माल्दिभ्समा हुने प्रतियोगिताको लागि नेपाल र भारतसहित सार्कका ५ देशले तयारी गरिरहेका छन्।

त्यसअघि नेपालले घरेलु मैदानमा छिमेकी भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ। फिफा मान्यतासमेत पाएका दुई खेलका लागि भारतीय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ।

१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली नेपाल आइपुगेको हो। २५ खेलाडी तथा १२ खेल अधिकारीको टोली दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेको हो। 


गत बिहीबार अल इन्डियन फुटबल फेडेरेसन (एआइएफएफ)ले फरवार्ड सुनील क्षेत्रीको कप्तानीमा नेपालविरुद्ध खेल्ने २५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाल भ्रमणमा क्रममा भारतीय टिमले एन्फा कम्प्लेक्स, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्नेछ।

यता घरेलु टिम नेपालले पनि भारतविरुद्ध खेल्न टोली घोषणा गरिसकेको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय  टोली छनोट गरेका छन्। १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको छ। 

भारतीय टोलीमा रहेका खेलाडी

गोलरक्षकः गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम र अम्रिन्दर सिंह

डिफेण्डरः राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश  बोस र सेरिटन फर्नाण्डेज ।

मिडफिल्डरः अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेस सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया । विपिन सिंह

स्ट्राइकरः  मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री र फरुख चौधरी

नेपाली टोलीमा रहेका खेलाडी

आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुष घालन, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनीष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपेरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यू ठकुरी र तेज तामाङ

गोलकिपरः किरण कुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ र बिकेश कुथू

के भन्छन् भारतीय कप्तान?

प्रकाशित: Aug 30, 2021| 19:40 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।