शनिबार, साउन ३०, २०८३

महरा थप ७ दिन हिरासतमै रहने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा थप ७ दिन हिरासतमै बस्ने भएका छन्।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई ७ दिनको म्याद थप गरेको हो।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास आरोपमा महरा गत असोज १९ गते पक्राउ परेका थिए। त्यसपछि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गरिएको हो। 

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् प्रहरीले मागे बमोजिम जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेले सात दिनको समय दिएका हुन्।

महरासँग यसअघि नै जिल्ला सरकारी वकिलकहाँ ७ घण्टा लामो बयान लिइएको थियो। म्याद थपिएसँगै महरा कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन्। 

तिहार बिदापछि कात्तिक १४ मा अदालत खुलेसँगै महरालाई पुनः पेश गरिनेछ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।