शनिबार, साउन ३०, २०८३

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन एक महिना म्याद थप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपिएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगार दाता तथा श्रमिकहरु सूचिकृत हुन धेरै बाँकी रहेकोले सरकारले समय थप गरेको हो।

सरकारले गत असोज मसान्तसम्म कोषमा सूचिकृत हुने समय दिएकोमा सोचेअनुसार श्रमिक तथा रोजगारदाता कम्पनीहरु सूचिकृत नभएपछि कात्तिक १३ देखि मंसिर १३ सम्म लागू हुनेगरी कोषमा सूचिकृत हुने समय थप गरिएको हो।

कोषले एक महिना समय थपको लागि छिट्टै सूचना जारी गर्ने र थपिएको समयमा पनि सूचिकृत हुन नआएमा तोकिएको कानुन अनुसार अघि बढ्ने जनाएको छ।
 
बिहीबार पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बौद्धिक तथा शारीरिक श्रम गर्ने श्रमिकहरुको हकहितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको कारण ऐच्छिक नभएर अनिवार्य भएको बताए। 

उनले लाखौं श्रमिकहरुको भविष्यको सुनिश्चितताको लागि कोष अनिवार्य रहेकोले यस कोषमा रोजगारदाता अनिवार्य रुपमा सूचिकृत हुनुपर्ने धारणा राखे।
 
हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता तथा १ लाख ९ सय ६८ योगदानकर्ता सूचिकृत भएका छन्। योगदानकर्ताको ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।