काठमाडौं - सरकारले भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेवाः समुदायको भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते विदा दिने निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए।
सरकारले पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र विदा दिएको थियो। नेवाः समुदायले आफूहरुको भाइटीका (किजापूजा) कात्तिक १३ मा विदा दिन यसअघि सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४