शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवन राइनोजले उचाल्यो पहिलो संस्करणको डब्लूसीएल उपाधि

चितवन राइनोजले उचाल्यो पहिलो संस्करणको डब्लूसीएल उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लूसीएल) को उपाधि चितवन राइनोजले जितेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न उपाधि भिडन्तमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै  चितवनले उपाधि माथि कब्जा जमाएको हो। 

जितका लागि १ सय १३ रनको सामान्य लक्ष्य पाएपनि ब्याटिङमा सम्हालिन नसक्दा काठमाडौं पहिलो संस्करणको उपाधि हात पार्नबाट चुक्यो। काठमाडौंका कुनै पनि ब्याट्सवमनले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। न त काठमाडौंको ओपनिङ नै राम्रो हुन सक्यो न त मध्यक्रमका ब्याट्सवमन नै चल्न सके। ९ रनमा शोभा आलेका रुपमा पहिलो विकेट गुमाएको काठमाडौंले १५ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। त्यसपछि ४० रनमा पाँचौं, ४९ रनमा छैटौं र सातौं, ५१ रनमा आठौं, ६६ रनमा नवौं र अन्तिम विकेट अन्तिम बलमा गुमाउँदै ६७ रनमा समेटियो।   

काठमाडौंका लागि अप्सरी बेगम र  ममता थापाले मात्र दोहोरो अंकको स्कोर बनाए। बेगमले १५ रन बनाउँदा ममताले १३ रन जोडिन्। काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा चितवनकी सुमन खतिवडा र रितु कनौजियाले समान तीन/तीन विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो। चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन्। कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन्। यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन्।

काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १/१ विकेट लिईन्। 

क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेता बनेको चितवनले ७ लाख पाएको छ भने उपविजेतामा सिमित बनेको काठमाडौंले ३ लाख प्राप्त गरेको छ।

प्रतियोगिताको प्लेयर अफ दि सिरिजको उपाधि रुविना क्ष‍ेत्रिले जितेकी छन् भने वेस्ट ब्याट्सवमन काजल श्रेष्ठ भइन्। यस्तै वेस्ट बलर कविता गौतम हुँदा इमर्जिङ प्लेयरको उपाधि ईश्वरी विष्टले हात पारिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।