शनिबार, साउन ३०, २०८३

कमेरो खन्ने क्रममा पुरिएर किशोरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तिहारका लागि घर रङ्ग्याउन कमेरो खन्ने क्रममा पहिरो जाँदा रोल्पामा एक किशोरीको ज्यान गएको छ। बिहीबार बिहान गएको पहिरोमा २ महिला घाइते भएका छन्।

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिलस्मृति गाउँपालिका–५ की १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा सोही ठाउँका २२ वर्षीया भावना रोका र २३ वर्षीया सीता घर्ती घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

भावनाको छातीमा र सीताको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। 
उनले प्रहरी चौकी सातदोबाटोको टोलीले घाइतेको उद्धार गरेहको गुरुङले जानकारी दिए।

कमेरो खानी रहेको उक्त स्थान निक्कै जोखिमयुक्त रहे पनि स्थानीयहरुले दसैं तिहारमा घर रंगाउने कमेरो सोही ठाउँबाट ल्याउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।