शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘भिटेन’ लाई अभद्र व्यवहारको मुद्दा, म्याद थपका लागि अदालतमा

‘भिटेन’ लाई अभद्र व्यवहारको मुद्दा, म्याद थपका लागि अदालतमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चर्चित र्‍यापर समीर तामाङ ‘भिटेन’ लाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ।

भिटेनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भैरहेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। 

भिटेनलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको उनले जानकारी दिए। भिटेन दोषी ठहरीएमा बढीमा एक वर्षसम्म कैद सजाय हुन सक्ने थापाले बताए। 

भिटेनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए। भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा शब्दहरु आपत्तिजनक र अश्लिल रहेको भन्दै प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।

यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरी सार्वजनिक माफी मगाएर छाडेको थियो।

पछिल्लो पटक सरकार उरन्ठ्यौला गीतलाई नियन्त्रणमा लिन तीव्र रुपमा लागिपरेको देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।