मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • गुल्सनले काठमाडौंबाट र रवीन्द्रले पोखराबाट ईपीएल खेल्ने पक्का

गुल्सनले काठमाडौंबाट र रवीन्द्रले पोखराबाट ईपीएल खेल्ने पक्का

‘निकै उत्कृष्ट, युवा र आक्रामक बलर गुल्सन झा हाम्रो टिमबाट आउँदै छन्,’ काठमाडौं किंग्सले उनलाई सार्वजनिक गर्दै लेखेको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– राष्ट्रिय टिमका युवा बलर गुलसन झाले आउँदो सेप्टेम्बर अन्तिमबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवेनबाट खेल्ने भएका छन्। काठमाडौंले गएको शुक्रबार उनलाई टिममा अनुबन्ध गरेको थियो।

‘निकै उत्कृष्ट, युवा र आक्रामक बलर गुल्सन झा हाम्रो टिमबाट आउँदै छन्,’ काठमाडौं किंग्सले उनलाई सार्वजनिक गर्दै लेखेको छ।

उनलाई काठमाडौंले शुक्रबार दुई लाख मूल्यमा अनुबन्ध गरेको थियो। त्यस्तै, त्यस्तै काठमाडौंले शनिबार नेपाली ब्याट्स्मेन सिद्धार्थ लोहनीलाई पनि अनुबन्ध गरेको छ।

कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप खेलेका प्रदेश कप्तान रवीन्द्रले पोखराबाट खेल्न लागेका हुन्। उनलाई पोखराले ५० हजार मूख्यका किनेको हो।

यता आज मात्र विराटनगर वारियर्सले जिम्बाबेका सिकन्दर राजालाई अनुबन्ध गरेको छ। उसले अलराउन्डर सिकन्दरलाई आउँदो सिजनको ईपीएलको लागि अनुबन्ध गरेको हो।

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुँदैछ।

प्रकाशित: Aug 30, 2021| 19:19 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।