शनिबार, साउन ३०, २०८३

सिरहाबाट भालुको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मनोरञ्जनका लागि नचाइँदै आएको भालुलाई सिरहाको लाहानबाट स्नेहाज केयरले उद्धार गरी काठमाडौं ल्याएको छ।

धुत्रु नामको उक्त भालुलाई उपचार तथा सुरक्षाका लागि काठमाडौं ल्याइएको स्नेहाजका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन्। उद्धार गरिएको भालुलाई जावलाखेलस्थित सदर चिडियाखानामा बुझाइएको छ।

लोपोन्मुख र संकटापन्न वन्यजन्तुको सूचीमा रहेको भालुलाई डिभिजन वन कार्यालय लहानको अनुमतिमा काठमाडौं ल्याइएको हो। अस्थायी रुपमा काठमाडौं ल्याइएको भालुलाई स्वस्थ बनाएपछि भारत पठाइने श्रेष्ठले जानकारी दिइन्। 

भालुको कल्याण सुनिश्चित हुने स्थायी वासस्थानको व्यवस्था भारतको वाइल्ड लाइफ एसओएस बियर सेन्चुरीमा रहेकोले त्यहाँ पठाइने प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिइन्। उक्त भालुलाई मनोरञ्जनका लागि नचाउँदै रकम संकलन गरिन्थ्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।