शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गीत निस्केको ५ महिनापछि प्रहरी झस्कियो, गायक भिटेन पक्राउ 

गीत निस्केको ५ महिनापछि प्रहरी झस्कियो, गायक भिटेन पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतका गायक भिटेन भनिने समिर घिसिङ पक्राउ परेका छन् । 

असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको फोटो फेसबुक राखेको र अश्लिल गीत गाएको भन्दै उनलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले जाउलाखेलबाट पक्राउ गरेको हो ।

भिटेन पक्राउ परेको जानकारी दिदै महाशाखा प्रमुख एसएसपी सहकुल थापाले उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए । 

उनले नेपाल समयसँग भने- 'गीतमार्फत प्रहरीलाई होच्याउने र अश्लिलता फैलाउने काम गरेको पाइएपछि हामीले पक्राउ गरेका हौ ।' कसैको उजुरी परेको नभइ उनको गीतमा प्रहरीको ध्यानाकर्षण भएको एसएसपी थापाले बताए । 

भिटेनले यो गीत ५ महिना अगाडि ७ जुनमा नै यूट्यूबमा अपलोड गरेका थिए।  अहिलेसम्म करिब १ करोड २० लाख पटक हेरिएको यो गीतका थुप्रै कभर भर्सनहरु समेत यूट्यूबमा भेटिन्छन् ।  

फेसबुकमा भिटेनले आपत्तिजनक फोटोहरु पोष्ट गरेको देखेपछि अनुसन्धान सुरु गरेको प्रहरीले उनको 'अश्लील' गीत पनि भेटेपछि कार्वाही अगाडि बढाएको जनाएको छ । 

मंगलबार मात्रै प्रहरीले गायक दुर्गेश थापालाई तिहारसम्बन्धी गीतमा गाँजालगायका शब्द जोडेर गाएको भन्दै पक्राउ गरेको थियो । 

यस्तो छ भिटेनले गाएको गीतको शब्द–

‘थरी थरी चुरोट खान्छु थरी थरी रक्सी,
थरी थरी खैरे भेट्छु अन्तर्राष्ट्रिय हप्सी,
पुलिस चौकी भित्र गर्छु दारु खाँदै मस्ती, 
चौकी छिर्दा डिएसपीलाई दिए अटोग्राफ,
डन्ठेहरु सबलाई आयो हार्ट अट्याक’...
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।