शनिबार, साउन ३०, २०८३

म्याद थपका लागि महरालाई तेस्रो पटक अदालत लगिँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप केही दिन थुनामा राख्ने  म्याद थप्नका लागि बिहीबार अदालत पेश गरिँदैछ। 

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महराको यसअघि काठमाडौं जिल्ला अदालतबाट १३ र ५ गरी १८ दिन म्याद थप भइसकेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक थप भएको ५ दिनको म्याद बुधबार सकिएको छ।
 
प्रहरीले अनुसन्धान बाँकी रहेकाले महरालाई पुनः म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पेश गर्ने तयारी भएको जनाएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनुसन्धानका केही विषय बाँकी रहेकाले महरालाई पुनः म्याद थपका लागि लगिने जानकारी दिए। “अनुसन्धान दिउँसोसम्म सकिए अनुसन्धान प्रतिवेदन बुझाउन सकिन्छ,” सुवेदीले भने, “अनुसन्धान सकिए पनि आज म्याद थप गराउनै पर्छ।” 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुमराज खनालले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि अध्ययन गर्नुपर्ने भएकाले बिहीबार नै अभियोगपत्र दायर गर्न नसकिने जानकारी दिए। 

प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान रहेको छ।

स्वास्थ्यमा समस्या आएको भनिएका  महरा असोज २३ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

बलात्कार प्रयासको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिएका छैनन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।