शनिबार, साउन ३०, २०८३

बैतडीमा डोजरले किच्दा पुजाराको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बैतडी- बैतडीको मेलौली नगरपालिका- ५ मा डोजर (एक्स्काभेट)ले किचेर एक जनाको मृत्यु भएको छ।
 
डोजरमा सवार ५५ वर्षीय शुक्रसिंह पुजारा त्यसबाट लडेर किचिदा घटनास्थमै मृत्यु भएको हो । घटना बिहीबार बिहान भएको हो ।
 
लामालेक– ढणौन सडक निर्माणको काम गरिरहेको एक्स्काभेटर घर निर्माणको लागि जमिन सम्याउन ल्याउँदै गरेका अवस्थामा बिहीबार बिहान ८ बजे पुजारा डोजरबाट खसेको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ ।
 
घटनापछि डोजर चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । उनको खोजी भइराखेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।