शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘कुकुरबाट बलात्कार’ गराइएको समाचारप्रति सेनाको ध्यानाकर्षण

‘कुकुरबाट बलात्कार’ गराइएको समाचारप्रति सेनाको ध्यानाकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली सेनाले ‘द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान, कुकुरबाट बलात्कार गराइयो’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

उल्लेखित घटनाको सम्बन्धमा तत्कालीन अवस्थामा विविध कारणबाट पीडितले नेपाली सेनाको कुनै पनि निकायमा उजुरी गर्न नसक्ने अवस्थाको अनुभूति गरेको भएमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित संघसंस्थालगायत मिडियाकर्मीमार्फत उजुर गर्नसक्ने अवस्था विद्यमान रहेको भए तापनि सोको उपयोग नगरेको देखिएको सेनाले जनाएको छ। 

“करीब दुई दशकपश्चात् मात्र सो घटना सार्वजनिक गरिएबाट नेपाली सेना जस्तो राष्ट्रकै संवेदनशील संस्थाप्रति लक्षित रही गलत नियतवस सुनियोजितरुपमा समाचार सम्प्रेषण भएको आशंका गर्न सकिने अवस्थालाई नकार्न सकिन्न। यद्यपि घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने छ,” निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाली सेनाले आफूसँग उपलब्ध भएका कुकुरलाई समाचारमा सम्प्रेषण भएबमोजिमको कार्यका लागि तालिम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्यसमेत नरहेको व्यहोरा स्मरण गराएको छ।

विगतको द्वन्द्वका घटना सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटकपटक प्रतिबद्धता व्यक्त भइरहेको स्मरण गराउँदै सेनाले उल्लेखित घटनाको सम्बन्धमा पीडितलाई निर्धक्कसँग उजुरी दिन आह्वान गर्दै प्राप्त उजुरीउपर यथोचित छानबिन गरी सत्यतथ्य पत्ता लगाइ सार्वजनिक गर्न आफू प्रतिबद्ध एवं तत्पर रहेको समेत जानकारी गराएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।