शनिबार, साउन ३०, २०८३

'कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विचार र सिद्धान्तका हिसाबले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र भएको बताएका छन्। 

तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्र बहादुर गुरुङको चौथो वार्षिक पूण्यतिथिको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै थापाले संविधानसभाको पहिलो बैठकमा संसदीय दलका नेता गुरुङले पार्टीको अडान राजसंस्थासहितको लोकतन्त्र र हिन्द्ु राष्ट्रको पक्षमा डटेर आवाज बुलन्द गरेको र त्यसलाई निरन्तर रुपले अगाडि बढाएकै कारण आज आम राष्ट्रवादीहरुले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रका बारेमा खुलेर बोल्न सक्ने वातावरण सिर्जना भएको बताए।

उनले गुरुङको सिद्धान्तप्रतिको निष्ठा, कर्तव्य परायणता एवं अनुशासन लाई शिक्षको रुपमा लिएर राप्रपाका आम नेता तथा कार्यकर्ताले अनुशरण गरि व्यवहारमा उतारे राप्रपाको प्रगतिलाई कसैले छेक्न नसक्ने स्पष्ट पारे।

परिवर्तनका नाममा परिवर्तनका संवाहक भन्ने राजनीतिक दलहरुको गलत मार्गचित्रका कारण देशको आर्थिक अवस्था जर्जर भएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपाली युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर आएको रेमिट्यान्सले देश चल्नु दुर्भाग्यपूर्ण रहेको बताए। 

भएका उद्योगधन्दा नष्ट गर्नु, व्यक्तिगत एवं समूहगत स्वार्थकै लागि राजनीतिमा अपराधिकरण बढ्नु, भ्रष्टाचार मौलाएर जानु लगायत विकसित मुलुकको परिस्थितीलाई नियाल्दा परिवर्तनकारी राजनीतिक दलहरुको अकर्मण्यता पुष्टि भएको उनले दाबी गरे।

अध्यक्ष थापाले विचार मिल्ने पार्टी एवं संगठनहरुसँग एकता र सहकार्य गर्दै पार्टीलाई अग्रणी स्थानमा पुर्‍याउने उद्घोष गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।