शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयातको सुई भारतबाट चीनतर्फ सोझियो, व्यापार घाटा घट्यो 

आयातको सुई भारतबाट चीनतर्फ सोझियो, व्यापार घाटा घट्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपालको व्यापार विस्तारै चीनतर्फ बढीरहेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार भारत भन्दा चीनतर्फबाट नेपालमा आयात बढ्न थालेको छ। गत वर्षसम्म आयातमा भारतको दबदबा भएपनि चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार नेपालमा चीनबाट आयात बढ्न थालेको छ।
 
आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा आयात १.२ प्रतिशतले घटेर रु.२२९ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ।
 
वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपूर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पाटपूर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ।
 
नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ ४६ प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ।
 
यसरी हेर्दा आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा  व्यापार घाटा दुई खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले कमी हो। निर्यातमा वृद्धि भई आयातमा कमी आउँदा व्यापारघाटा गत वर्षको तुलनामा कमी आएको हो। चालू आर्थिक वर्षको दुई महिनामा निर्यात २५.९ प्रतिशतले वृद्धि भई रु.१८ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतलेमात्र वृद्धि भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।