शनिबार, साउन ३०, २०८३

कास्कीको देउरालीमा पहिरो : १ को मृत्यु, २ घाईते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीमा पहिरो जाँदा १ युवकको मृत्यु भएको छ भने २ युवक घाइते भएका छन्।

अन्नपूर्ण वेसक्याम्प जाँदै गरेका पोखरा महानगरपालिका–५ का १८ वर्षीय संजय खनालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही पहिरोमा परी पोखरा उपमहानगरपालिका–११ का सन्तोष बास्तोला र वडा नम्बर ५ का १८ वर्षीय निरञ्जन कोइराला घाइते भएका छन्। 

हेलिकप्टरबाट उद्धार गरिएका घाइतेको मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

हिउँको चट्टान फुटेर पहिरो गएको बुझिएको छ। मृतकको शव पहिरोमै पुरिएको र प्रहरी टोली घटनास्थलतर्फ गैसकेको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।