शनिबार, साउन ३०, २०८३

खुलामञ्चको जग्गा खाली गराउन माग गर्दै प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- खुलामञ्चस्थित दुईमाजु गुठीको परिसर अतिक्रमित जग्गा खाली गराउन माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।

सार्वजनिक जग्गा अतिक्रमण गरी खोलिएका पसलहरू हटाउन माग गर्दै स्थानीयले बुधबार प्रदर्शन गरेका हुन्।

संरक्षण अभियन्ताहरू शान्तिपूर्ण प्रदर्शन गर्दै गुठी संस्थान पुगेका छन्। अभियान्तासँगै महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सँगै थिइन्। त्यसअघि उनीहरूले दुईमाजुअगाडि उभिएर शान्तिपूर्ण विरोध गरे। पसलेहरूले पनि छुट्टै ब्यानर बोकेर पसल खोल्न पाउनुपर्ने अडान लिएका थिए।

सर्वसाधारण तथा टुँडिखेल सरंक्षण अभियन्ताहरूको लगातार विरोधपछि गुठी संस्थानले ती पसल हटाउन बुधबार आदेश गरेको छ। दुईमाजु गुठीसँग गरिएका सम्झौतामा पसल खोल्न दिनेबारे उल्लेख नभएको संस्थानका प्रमुख प्रशासक नारायण चौधरीले बताए।

‘गुठीलाई त्यो ठाउँ उपयोग गर्न दिँदा पसल राख्ने कुरै भएको थिएन’, चौधरीले भने,‘बीचमा हटेको पनि थियो पछि कसरी खोलियो थाहा भएन।’ 

अभियान्ताहरुले तिहारपछि ‘अकुपाई टुँडिखेल’ नामक कार्यक्रम सञ्चालन गर्ने जनाएका छन्। अभियानका क्रममा वर्षौंदेखि टुँडिखेल मिचेर बसेको सेना र खुलामञ्च मासेर बसपार्क चलाएको काठमाडौं महानगरपालिकालाई अतिक्रमण छाड्न शान्तिपूर्ण दबाब दिइने अभियान्ता गणपतिलाल श्रेष्ठले जानकारी दिए। 

गुठी संस्थानले अमृता भट्टराईलाई महिनाको १५ हजार रूपैयाँमा मन्दिर परिसर भाडामा दिएको र उनले नै सम्झौताविपरीत मासिक पाँचहजारमा पसलहरू भाडामा दिएको खुलेको छ।

उपमेयर खड्गीले पहिले जनप्रतिनिधि नहुँदा यो ठाउँ व्यवस्थित हुन नसकेर फोहोर भएको भन्दै खुलामञ्च खुलै रहनुपर्ने बताइन्। काठमाडौं महानगरपालिकाले भ्यू टावरसहितको बहुउद्देश्यीय भवन बनाउने निर्णय गरेपछि पुरानो बसपार्क खुलामञ्च सरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।