शनिबार, साउन ३०, २०८३

बाबु धरौटीमा छुटे, छोरा कारागार चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – राजश्व छलीको आरोपमा पक्राउ परेका एक सुनचाँदी व्यवसायी कारागार चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन्। दुबै नाताले बाबुछोरा हुन्।

राजश्व छलीको मुद्दा लागेका बाबुछोरा मध्ये छोरालाई कारागार चलान गरिएको छ भने बुबालाई धरौटीमा रिहा गरिएको हो। जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल ईजलाशले धनगढीको शुभम् सुनचाँदी पसलका सञ्चालक सुशिल कुमार राजपुतलाई २९ लाख ९० हजार धरौटीमा रिहा गरेको हो भने उनका छोरा अतुल वर्मालाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले बताए। 

राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय कोहलपुरले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको थियो। कैलाली प्रहरीले गत भदौमा भारतबाट २९ लाख ८० हजार श्रोत नखुलेको रकम ल्याउँदै गर्दा अतुल बर्मालाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाएको थियो। 

अनुसन्धानका क्रममा बैंक खातामासमेत थप सात करोड ५१ लाख २८ हजार बराबरको कारोबार भएको देखिएको थियो। कारोबार र आम्दानीको अनुपात नमिलेपछि बाबुछोरा विरुद्ध नै मुद्दा दर्ता गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।