शनिबार, साउन ३०, २०८३

बिक्न छाडे माटोका भाँडा, तिहार नजिकिंदा पनि छैन भिड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- तिहार नजिकिंदै जाँदा भक्तपुरको टोखापुखु क्षेत्रमा माटोका भाँडा किन्न जानेहरुको भिड पहिलेका वर्षहरु जस्तो छैन । विशेष गरी तिहारमा माटोको पाला (दियो) को माग धेरै हुने गरे पनि पछिल्ला वर्षहरुमा कम हुँदै गएको छ ।
 
तुलसीराम प्रजापतीले माटोका भाँडा बनाउन थालेको ५० वर्ष भयो तर, पछिल्लो समय माटोका भाँडालाई प्लाष्टिकका भाँडाले विस्थापन गरेको उनी बताउँछन् । “नयाँ नयाँ डिजाईनका भाँडा बनाउन नसक्दा निर्यात गर्न सकिएको छैन । नेपालमा मात्रै विक्री हुने परम्परागत शैलीका भाँडाको पनि विक्री घटेको छ,” प्रजापती भन्छन् ।
 
भाँडा बनाउन श्रीमानलाई सघाउने तुलसीरामकी श्रीमती पार्वती भन्छिन्, “नयाँ पुस्ता यो पेशामा आउन चाहिरहेको छैन, अहिलेकै अवस्था रहने हो भने यो पेशा हराउनेछ ।”
 
तुलसीराम जस्तै परिवारका एक दुई जनाले मात्रै माटोका भाँडा बनाउने पेशा अंगालेका छन् । प्रजापति समुदायको पुख्र्यौली यो पेशा लोप हुन थालेको प्रजापतीको भनाई छ । 



खुत्रुकेको व्यापार बढ्दो 



माटोका अन्य भाँडाको भाग कम हुँदै गए पनि खुत्रुकेको व्यापार भने कम नभएको भट्टी व्यवस्थापन कमिटिका अध्यक्ष कृष्ण प्रजापती बताउँछन् । उनी भन्छन्, “भक्तपुरमा बन्ने माटोका भाँडामध्ये ८० प्रतिशत खुत्रुके बन्छ ।”

माटोका भाँडा बनाउन धेरै मेहनत गर्नुपर्ने तर लागत अनुसारको मूल्य नआउने हुँदा नयाँ पुस्तामा यो पेशाप्रतिको आकर्षण घटदै गएको अध्यक्ष प्रजापतीको भनाई छ ।

सहदेव प्रजापतीले तिहारका बेला माटोको दियो मात्रै बनाउँछन् । भन्छन्, “अरु बेला व्यापार नै हुँदैन बनाएर के गर्नु ?”

भाँडा बनाउनका लागि माटो र दाउरा जुटाउन पनि गाह्रो भएको प्रजापती समुदायको भनाई छ । अध्यक्ष प्रजापतीका अनुसार माटो पाइने ठाउँमा अहिले धमाधम घरहरु बनेका छन्, नयाँ ठाउँबाट ल्याउँदा राम्रो गुणस्तरको पाइँदैन । 

उनीहरुको भाडा पकाउने प्रविधि पनि झण्झटिलो र परम्परागत छ । भाँडा भट्टीमा हालेपछि १२ घण्टासम्म रापमा राख्नुपर्छ । भाँडा पोल्नका निम्ती विजुली वा ग्यासको उपयोगले यो काम छिटो र सहज हुनसक्थ्यो तर, नेपालमा त्यस्तो प्रविधि भित्रिएको छैन । 

भाडाका डिजाइन पनि परम्परागत शैलीका मात्रै हुँदा विक्री बढ्न नसकेको प्रजापती बताउँछन् । 

भक्तपुरमा  अहिले ४०/४५ परिवारले मात्रै माटोका भाँडा बनाउने पेशा अंगालेका छन् । 

स्थानीय सरकारले परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि यो पेशा पुनर्जिवित हुने स्थानीय वासिन्दा बताउँछन् ।

भारतमा एक कुम्हालेको सफलता 

माटोका भाँडा बनाउने भारतको गुजरात राज्यका मनसुख भाई प्रजापती अहिले चर्चाको शिखरमा छन् । उनकोे सिर्जनशिल सोचका कारण उनले माटोका आधुनिक शैलीका भाँडा बनाएर व्यवसाय विस्तारमात्र गरेका छैनन् विभिन्न पुरस्कारहरु पनि जितेका छन् ।
 
भारतको ग्रामीण विकास मन्त्रालयले उनको कामलाई निरन्तर प्रोत्साहित गर्नुका साथै पर्याप्त सहयोग पनि गरेको छ ।
 
उनले माटोका परम्परागत भाँडाहरुको माग कम हुँदै गएपछिे आफ्नो पुख्र्यौली पेश जोगाउन नयाँ नयाँ उपाय लगाउन थाले ।

विभिन्न डिजाइनका माटोका भाँडा र खेलौना बनाइरहेका मनसुख भाइले बनाएका माटोकै तावा, फिल्टर, फ्रिज र प्रेसर कुकर अहिले भारत बाहिर पनि निकासी भइरहेका छन् ।  हातले माटोका तावा बनाउँदा दैनिक ५० वटा मात्रै बन्ने गरेकोमा उनी आफैंले बनाएको मसिनबाट अहिले दैनिक १ हजारवटा तावा बनाउँछन् ।

शुरुमा माटोका रंगिन तावा बनाएका उनले आधुनिक प्रविधिको प्रयोगबाट उत्पादनको रफ्तार बढाएर कामलाई सहज पनि बनाए । जसले गर्दा लागत सस्तो हुन गयो । बैंकबाट ३० हजार रुपैयाँ ऋण लिएर शुरु भएको उनको व्यवसाय अहिले करोडौंको भइसकेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।