काठमाडौं- पशुपति आर्यघाटमा आज विहान ६ बजेदेखि ७ बजेसम्म लास जालाउने कार्य रोकिएको थियो।
विभिन्न माग राखी आन्दोलनमा उत्रेका आर्यघाट सेवा केन्द्रका कर्मचारीहरुले लास जलाउने काम रोकेका थिए।
उनीहरुको मागको सुनवाई नभएको भन्दै ब्यानरसहित विरोध गरेका थिए।
आज विहान लास जलाउने काम रोकिएपछि आन्दोलनकारी कर्मचारीहरुसँग पशुपति विकास कोषले वार्ता गर्दैछ।
आन्दोलनरत कर्मचारी र विकास कोषबीच अव वार्ता हुने आर्याघाट सेवा केन्द्रका कर्मचारी कुमार थापा मगरले जानकारी दिएका छन्।
अहिले लास जलाउने काम सुचारु भइसकेको मगरले बताए।
