मंगलबार, असार २३, २०८३

नेपाल कठिन प्रतिद्वन्द्वी : भारतीय कप्तान सुनिल

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन्। 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए। ‘पहिला पनि हामीले नेपालसँग खेलेको थियौं। नेपाल कठिन प्रतिद्वन्द्वी हो,’ कप्तान सुनिलले भने। नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्। खेल साँझ साढे ५ बजे हुने बताइएको छ। दर्शकको विषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) सीसीएमसीको स्वीकृतिको पर्खाइमा छ। 

दुवै मैत्रीपूर्ण खेललाई फिफाले मान्यता दिएको छ। यस खेलले फिफा वरियता समेत प्रभाव पार्नेछ। कप्तान सुनिलले यस मैत्रीपूर्ण खेल आयोजना गरेको साथै आफूहरुलाई राम्रो हस्पिटालिटी दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए। ‘नेपाल सरकार र नेपाल एफए (एन्फा) लाई धन्यवाद। यस्तो अवस्थामा पनि हामीलाई राम्रो हस्पिटालिटी दिएको छ,’ कप्तान सुनिलले भने। 

नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक इगोर स्टिम्याकले गत बुधबार २५ सदस्यीय टोली घोषणा गरेका थिए। भारतले यसअघि फिफा विश्वकप छनोट खेलेकै टोलीलाई निरन्तरता दिएको छ। 

दुई मैत्रीपूर्ण खेलका लागि ३७ सदस्यीय टोली नेपाल आएको हो। कप्तान सुनिलले आफ्नो टोलीले साफ च्याम्पियनसिपको तयारी राम्रोसँग गर्न नपाएको र यो मैत्रीपूर्ण खेल त्यसैका लागि राम्रो तयारी हुने बता । ‘हामीले साफको तयारी गर्न पाएका छैनौं। केटाहरु एएफसी कपमा थिए। अहिले हाम्रो देशमा लिग छैन। दुईवटा टिममात्र एएफसीको प्रतियोगिताका लागि तयारीमा छन्। अरु सबै खेलाडी आराममा छन्,’ सुनिलले भने। 

यसअघि एटिके मोहन बंगान र बैगलुरु एफसीका खेलाडी मालेमा एएफसी कप खेल्न गएपछि भारतीय टोलीले बाँकी २३ खेलाडीलाई कोलकातामा प्रशिक्षण दिएको थियो। १५ दिनको प्रशिक्षणपछि भारतीय टोली नेपाल आएको हो। 

कप्तान सुनिलले एएफसी कप खेल्न गएको हुनाले नेपालविरुद्ध कुन खेलाडीले खेल्ने भन्ने अहिले नै भन्न नसकिनेसमेत बताए। ‘एएफसी कप खेलेर भर्खरै फर्किएका छौं। राम्रो तयारी हुन पाएको छैन। को खेल्ने को खेल्दैन, यहीं (नेपाल) थाहा हुन्छ।’ 

यस्तै कप्तान सुनिलले दुई मैत्रीपूर्ण खेलनै साफको तयारी हुने र आफूहरु मेहनत गरि आफ्नो तर्फबाट शतप्रतिशत दिएर मैदानमा उत्रने बताए। 

प्रकाशित: Aug 30, 2021| 18:12 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।