मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कीर्तिमान बनाएपछि अलेक्सले भने– ओलम्पिकको अनुभवले अघि बढ्न प्रेरणा दिन्छ

कीर्तिमान बनाएपछि अलेक्सले भने– ओलम्पिकको अनुभवले अघि बढ्न प्रेरणा दिन्छ

टोक्यो ओलम्पिक २०२० मा नेपालको तर्फबाट १०० मिटर फ्रि स्टाइल पौडीबाट एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाए। आफ्नै रेकर्ड सुधार गरेपछि साहले निकै खुसी भएको प्रतिक्रिया दिएका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– टोक्यो ओलम्पिक २०२० मा नेपालको तर्फबाट १०० मिटर फ्रि स्टाइल पौडीबाट एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाए। आफ्नै रेकर्ड सुधार गरेपछि साहले निकै खुसी भएको प्रतिक्रिया दिएका छन्।

‘ओलम्पिकमा सहभागी बन्न पाउँदा निकै खुसी छु। म आफ्नो रिजल्टमा सन्तुष्ट छु,’ उनले खेलपछि भने, ‘ओलम्पिकमा नेपालको तर्फबाट सहभागी बन्न पाउँदाको खुसी हो यो।’

७० खेलाडी समावेश भएको सय मिटर फ्रि स्टाइलमा उनी ५७ औं स्थानमा रहेका थिए। हिट चरणबाट १६ खेलाडीले अघिल्लो चरणमा स्थान बनाउँदा उनी भने परेनन्।

५६.२८ को आफ्नै रेकर्डलाई सुधार गरेर ५३.४१ सेकेन्डको बनाएका एलेक्स अघिल्लो चरणमा जान नपाएपछि दुःखी रहेको पनि बताएका छन्। उनले भने, ‘अघिल्लो चरणमा जान नपाएकोमा केही दुःखी त छु तर यसलाई सुधार गर्नमा म विश्वस्त पनि छु।’

उनले ओलम्पिकबाट पाएको सबै अनुभव आउँदा प्रतियोगितामा प्रयोग गर्ने पनि बताएका छन्। उनले भने, ‘मलाई लाग्छ मैले अझै धेरै सिक्नु छ। र, ओलम्पिकको अनुभवले मलाई अघि बढ्न प्रेरणा मिल्नेछ।’ सात खेलाडी सहभागी बनेको हिटमा भने उनी प्रथम बनेका थिए।

प्रकाशित: Jul 27, 2021| 06:50 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।