शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेडिसिटी अस्पतालविरुद्ध गायत्री साह दम्पतिद्वारा मुद्दा दायर

मेडिसिटी अस्पतालविरुद्ध गायत्री साह दम्पतिद्वारा मुद्दा दायर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पूर्वसभासद् गायत्री साह दम्पतिले क्षतिपूर्तिबापत १० करोड रूपैयाँ उपलब्ध गराउन माग गर्दै मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता गराएका छन्।

अस्पतालको लापरबाहीका कारण छोरामा 'डाउन सिन्ड्रोम' भएको भन्दै साह दम्पतिले क्षतिपूर्तिबापत १० करोड रुपैयाँ माग गर्दै असोज २८ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको खुलेको छ।
 
अस्पतालले बच्चाको उपचार खर्च दिने मौखिक सहमति जनाए पनि अहिलेसम्म नदिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको साहका पति राजेश महतोले जानकारी दिए। 
बच्चालाई घरमा लगेर राख्ने अवस्था नभएको भन्दै महतोले अस्पतालकै लापरबाहीका कारण यस्तो भएकोले बाचुञ्जेलसम्मै बच्चाको स्वास्थ्य चेकजाँचमा लाग्ने खर्च अस्पतालले व्यहोर्नुपर्ने बताएका छन्।

पूर्वसभासद् साहले गत फागुन २८ गते सोही अस्पतालमा बच्चा जन्माएकी थिइन्। शिशु जन्मदा शरीरको विकास कम हुने 'डाउन सिन्ड्रोम' देखा परेको थियो। बच्चा पेटमै हुँदा थाहा पाउने रोग बच्चा जन्मिँदासमेत चिकित्सकले नभनेको भन्दै साह दम्पतिले बच्चा लिन अस्वीकार गर्दै आएका छन्।

साह दम्पतिले बच्चा लिन नमानेपछि उनीहरुविरुद्ध अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। अस्पतालको रिटमाथि सुनुवाई गर्दै अदालतले परीक्षणका क्रममा बच्चाको स्वास्थ्य राम्रो भएको भन्दै साह दम्पतिलाई बच्चा बुझेर लैजान आदेश दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।