शनिबार, साउन ३०, २०८३

सुनको अवैध कारोबार गर्ने २ भारतीयविरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - सुनको अवैध कारोबार गर्ने दुईजना भारतीय नागरिकविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय कोहलपुरले भारतको पलियाखिरी घर भई हाल धनगढी बस्दै आएका सुशील कुमार राजपुत र उनका छोरा अतुल वर्माविरुद्ध मुद्दा दर्ता गरेको हो। उनीहरुविरुद्ध आठ करोड बराबरको बिगो माग दाबीसहित मुद्दा दायर भएको जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले जानकारी दिए। 

धनगढीमा सुनचाँदीको कारोबार गर्दै आएका दुवैजनाविरुद्ध राजस्व चुहावट र विदेशी विनीमय अपचलनमा मुद्दा दर्ता भएको उनले जानकारी दिए। गिरीका अनुसार गाडी, ठुलो मात्रामा भारतीय र नेपाली मुद्रा, मोवाईल लगायतका सामानसहित पक्राउ परेका उनीहरुको खर्च अस्वभाविक देखिएपछि अनुसन्धान विभागले आठ करोड बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो।

उनीहरु धनगढीको शुभम् सुनचाँदी पसलका सञ्चालक हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।