आइतबार, साउन १७, २०८३

हुम्लाका सबै विद्यालयमा भौतिक रुपमा पठनपाठन हुने

कोभिड व्यवस्था केन्द्र (डीसीएमसी) हुम्लाले जिल्लाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– हिमाली जिल्ला हुम्लाका सबै विद्यालयमा भौतिक रुपमा पठनपाठन सुरु हुने भएको छ। कोभिड व्यवस्था केन्द्र (डीसीएमसी) हुम्लाले जिल्लाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। कोभिड संक्रमणको दर न्यून भएपछि बन्द रहेका विद्यालय सञ्चालन गर्ने निणर्य गरेको छ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले कोभिड संक्रमण कम हुँदै गएकाले जिल्ला भित्रका विद्यालय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए। हुम्लाका सातवटै गाउँपालिकालाई जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको र विद्यालय सञ्चालनका पालिकाले पहल गर्ने उनको भनाइ छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै विद्यालय सञ्चालन गर्ने तयारी गरिएको हो। हुम्लाका सात वटा गाउँपालिकामा १३७ वटा सामुदायिक विद्यालय छन् भने केही निजी विद्यालय पनि रहेका छन्। यसअघि हुम्लाको हिमालपारिका विद्यालयमा भने पठनपाठन भएको थियो।

प्रकाशित: Aug 30, 2021| 18:05 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्