शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार इमान्दारीपूर्वक प्रस्तुत भए वार्ताका लागि तयार छौंः विप्लव

सरकार इमान्दारीपूर्वक प्रस्तुत भए वार्ताका लागि तयार छौंः विप्लव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीको आठौं केन्द्रीय समिति बैठकले सरकार ‘इमान्दारीपूर्वक’ प्रस्तुत भए वार्ता गर्ने निर्णय गरेको छ । 

करिब दुई साताअघि मध्यपश्चिममा नेपाल–भारत सीमा नजिकै भएको भनिएको उक्त केन्द्रीय समिति बैठकले १२ बुँदे निर्णय गरेको छ।

दुई दिनसम्म चलेको बैठकपछि जारी विज्ञप्तीमा सरकारले वार्ताको चर्चा गरेर पनि सकारात्मकता नदेखाएको भन्दै सरकार वार्ताका लागि सकारात्मक भएको खण्डमा वार्ता गर्न तयार रहेको जनाइएको छ।

तर, विज्ञप्तिमा सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएर, गिरफ्तार नेता कार्यकर्तालाई रिहा गरेमा निशर्त वार्ता गर्न सकिने भनिएको छ । 

यसैगरी उक्त समूहले चार महिने चन्दा संकलन अभियान चलाउने, जनसेना निर्माण प्रक्रियालाइ अघि बढाउने लगायतका निर्णय गरेको छ। 

बैठकमा विप्लवले ‘पार्टी शुद्धीकर र जनक्रान्ति’ विषयमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए भने  अन्य नेताहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।