आइतबार, चैत ८, २०८२

२४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा परीक्षण गर्दा दुई हजार २९५ जनामा संक्रमण देखिएको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- सोमबार दुई हजार २९५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा परीक्षण गर्दा दुई हजार २९५ जनामा संक्रमण देखिएको हो।

National life

हिजो (आइतबार)को तुलनामा आज (सोमबार) संक्रमित बढेका हुन्। हिजो (आइतबार) एक हजार ३८८ जना संक्रमित देखिएका थिए। सक्रिय संक्रमित ३५ हजार ८७४ जना रहेका छन्।

यस्तै संक्रमणमुक्त हुनेको संख्या १ हजार ८०८ जना छन्। हालसम्म सात लाख १४ हजार ५२० जना निको भइ घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ७३० जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रतिदश लाखमा ३६१.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

यस्तै ५६८ जना सघन उपचार कक्ष (आइसियू), १६० जना भेन्टिलेटर, ३३ हजार ३३३ जना होम आइसोलेसन, दुई हजार ५४१ जना संस्थागत आइसोलेसन र ३३८ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 30, 2021| 17:51 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्