शनिबार, साउन ३०, २०८३

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जलेश्वर- महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । 

अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी (चतुर्थी) का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ ।
 
सूर्यको उपाशना गरिने छठ पर्वमा चढाइने प्रसाद सामग्रीका लागि गहुँ, चामल धोइ पखालेर सुकाउन थालिएको छ । सूर्यलाई चढाउन बनाइने ठकुवा, भुसुवा ९कसार० र अन्य मिष्ठान्न परिकारको पिठो व्रतालु आफैँले पवित्र मनले जाँतोमा पिध्ने (पिस्ने) गरिन्छ । 

त्यस्तै चढाइने परिकारका लागि आवश्यक पर्ने चामल ढिकीमा कुटिएको हुनपर्ने मान्यताले एकपक्ष पहिले नै पर्व विशेषको तयारी गर्नुपरेको मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।

यसबाहेक अहिले पर्वको तयारीका लागि बाँसको कप्टेरा र चोयाले बनेका छिटी, व्रतविधिका चाल्नु, नाङ्लो र माटाका गाग्रा (घैँटा), ढकना, छ्याँचीसहितका समान व्रतालुले जोड्दैछन् । 

एकएक समान शुद्ध र पवित्र हुनपर्ने व्रतको निष्ठाले यो पर्वको तयारी एकपक्ष पहिले नै शुरु हुने गरेको पाका मैथिलको भनाइ छ । पर्वमा नयाँ वस्त्रआभूषण अनिवार्य भएको हुँदा त्यसको जोहोका लागि रकम जुटाउन पनि तयारी निकै अघि शुरु हुने गरेको हो ।

व्रत सामग्रीदेखि व्रतालुको मन, वचन र कर्मसम्म छठका लागि शुद्धीकरण गर्नुपर्ने मान्यता स्थापित छ । 

मिथिलाको लोकसंस्कृति र परम्परासँग जोडिएको यो पर्वमा व्रतालुमात्र नभएर व्यक्ति÷व्यक्ति परिचालन हुने मिथिला संस्कृतिका विज्ञ बलवा नगरपालिकाको धमौराका बासिन्दा कामेश्वर झा बताउँछन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।