शनिबार, साउन ३०, २०८३

गायक दुर्गेश थापा प्रहरीको खोजीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- देउसी भैलोसम्बन्धी गीतका कारण विवादमा तानिएका गायक दुर्गेश थापा प्रहरीको खोजीमा परेका छन् । उनीविरुद्ध उजुरीपछि प्रहरीले खोजी गरेको हो । 

उनले गाएको देउसीसम्बन्धी गितमा राखिएको केहि शब्दप्रति आपत्ति जनाउँदै उनीविरुद्ध उजुरी परेको हो । उजुरीपछि प्रशासनले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ । 

महाशाखा प्रमुख सहकुल थापाले दुर्गेशलाई प्रहरी कार्यालयमा बोलाइएको जानकारी दिए । उनले नेपाल समयसँग भने- 'हिजो मात्रै उनीसँग फोन सम्पर्क भएको छ । हामीले प्रहरी कार्यालयमा आउन भनेका छौ । हेरौ आउनु हुन्छ होला ।' 

उनले गाएको देउसीसम्बन्धी गीतमा  ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश छ । जुन कानूनी रुपमा गलत भएको उजुरीकर्ताको दाबी छ । उनले गीतमार्फत तिहारका बेला वियर खाने प्रचार गरेको भन्दै सामाजिक संजालमा पनि आलोचना भएको थियो । 

तिहारको गीतमा दुर्गेशले गाएका छन्- डन आयो डन, जा मूला भन्, राजा हो राजा, बजाइदिन्छ बाजा, ए निकाल गाँजा, खानुपर्छ आज !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।