शनिबार, साउन ३०, २०८३

विप्लव समूहका नेता लोहनी चितवनबाट पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान चितवनबाट प्रहरीले पक्राउ गरेको हो।

सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरी लगेको लोहनीकी श्रीमती सरला रेग्मीले जानकारी दिइन् । उनी पक्राउ परेको विषयमा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पनि स्विकार गरे । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

लोहोनीलाई सोमबार मात्रै विप्लव नेतृत्वको पार्टी नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेको थियो । उनको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

सरकारले गएको फागुन महिनामा प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तिब्र पारेको छ । दसैंपछि मात्रै दुई दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।