शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेकर्ड तोड्दै जुम्लाबाट छ हजार ५ सय मेट्रिक टन स्याउ बाहिरियो

रेकर्ड तोड्दै जुम्लाबाट छ हजार ५ सय मेट्रिक टन स्याउ बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जुम्लाले यस वर्ष छ हजार ५०० मेट्रिक टन स्याउ जिल्ला बाहिर पठाएको छ। यसबाट जुम्लाले स्याउबाट हुने आम्दानीको रेकर्ड तोडेको छ। 

यस वर्ष ३४ करोड १८ लाख ८० हजार रूपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। यो रकम पछिल्लो दुई वर्षयताकै उच्च हो।

देवकोटाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १६ करोड र आव २०७५/७६ मा १७ करोड रूपैयाँ बराबरको स्याउ जिल्ला बाहिर गएको थियो।

'दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब १७ करोड रूपैयाँ बढी आम्दानी भएको छ', उनले भनिन्। पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ ।

जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्। स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले चार देखि छ लाख रूपैयाँ बराबर कमाएका छन्। तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब दुईदेखि चार लाख रूपैयाँ कमाएको बताए।           

१२ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । 

स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ । जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो ।  असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ ।

सोबाट ३४ करोड रूपैयाँ जुम्ला भित्रिएको छ। जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४३५ हेक्टर छ। त्यसको तीन हजार ७०० हेक्टर जमीनमा गरिएको स्याउखेतीमध्ये एक हजार ४४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो। 

सरदर रुपमा प्रतिकिसानले ८.२५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन्। व्यापारीले बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरेका थिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।