काठमाडौं- विश्व फुटबलको प्रतिष्ठित अवार्ड वालोन डि’ओरको प्रारम्भिक सूची सार्वजनिक भएको छ।
प्रारम्भिक ३० खेलाडीको सूचीमा इङलिस क्लब लिभरपुलको दबदबा देखिएको छ। सूचीमा मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जिन्हो विजनाल्डम र एलिसन गरी लिभरपुलका ७ खेलाडीको नाम परेको छ। यस्तै, म्यान्चेस्टर सिटीका ५ खेलाडी सूचीमा परेका छन्, जसमा रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो छन्।
टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन सूचीमा रहँदा पछिल्लो १० वर्षमा अवार्डमाथि दबाब राख्दै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीसमेत प्रारम्भिक सूचीमा परेका छन्।
बार्सिलोनाबाट मेस्सीसहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन सूचीमा परेका छन्। आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन्। रियल मड्रिडका फरवार्ड इडेन हजार्डले समेत सूचीमा स्थान बनाएका छन्।
केही ठूला क्लबका खेलाडी भने सूचीमा अटाउन सकेनन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार, म्यान्चेस्टेर युनाइटेडका पाउल पोग्बा र इङलिस फरवार्ड ह्यारी केन प्रारम्भिक सूचीमा परेका छैनन्।
एजेन्सीको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४