शनिबार, साउन ३०, २०८३

अटोरिक्साले पेडल रिक्सा विस्थापित हुँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– कैलालीमा  ई–रिक्सा र अटो रिक्सा भित्रिएसँगै पेडल रिक्सा विस्थापित हुने अवस्थामा पुगेको छ। 

धनगढी क्षेत्रमा १५ वर्षदेखि रिक्सा चलाउँदै आएका धनगढी–२ का गंगाराम चौधरी पछिल्लो समय पेडल रिक्सा चढ्ने यात्रु भेटिनै मुस्किल रहेको बताउँछन्। 

“बिहानदेखि बेलुकासम्म बजार चहार्दा पनि ग्राहक  भेटिँदैनन्,” उनी भन्छन्, “ग्राहक नहुँदा आम्दानी पनि छैन ।”  गंगाराम मात्रै होइनन्, अन्य रिक्सा चालकको पनि उस्तै दुखेसो छ। 

धनगढीमा १३ वर्षदेखि रिक्सा चलाइरहेका स्थानीय लक्ष्मण चौधरी पछिल्लो समय पेडल रिक्साबाट आम्दानी घटेको बताउँछन्। 

यात्रु पाइन छाडेपछि कतिपयले पेशा बदलेका छन् भने कतिपयले रिक्सामा सामान ढुवानी सुरु गरेका छन्। 

१५ वर्षदेखि रिक्सा चलाइरहेका अनुप श्रेष्ठले अहिले रिक्साबाट सामान ढुवानी गर्न थालेका छन्। “यात्रु पाइन छाडेपछि सामान ढुवानी थालेको हुँ,” उनले सुनाए। 

अर्का रिक्साचालक लक्ष्मण चौधरी पनि अहिले सिमेन्ट ढुवानी गरिरहेका छन्। 

कैलालीको गोदावरी नगरपालिकाका ललिराम थारू पनि अब पेडल रिक्सा थन्काएर गाउँमा मजदुरी गर्न जाने सोचमा छन्। 

आर्थिक क्षमता भएकाहरूले ई–रिक्सा र अटो रिक्सा किनेको रिक्सा चालक बताउँछन्। 

अटो रिक्सा र ई–रिक्साको न्यूनतम मूल्य पाँच लाख रूपैयाँ पर्छ। 

आर्थिक क्षमता नहुँदा अटो रिक्सा र ई–रिक्सा किन्न नसकेको लक्ष्मण बताउँछन्।  “आम्दानीका लागि इ–रिक्सा किन्ने सोच त बनाएको थिएँ। तर, आर्थिक अभावले गर्दा किन्न सकिनँ,” लक्ष्मण भन्छन्।

केही वर्षअघिसम्म कैलालीमा करिब दुई हजार जति पेडल रिक्सा थिए । तर, अहिले मुस्किलले २ सय जति मात्रै छन्।  यातायात व्यवस्था कार्यालय कैलालीको तथ्यांक अनुसार अहिले कैलालीमा ३ हजार इ–रिक्सा दर्ता भएका छन् ।

ई रिक्सा र अटोरिक्सा बस्नलाई सहज, छिटो गुड्ने र चालकलाई पनि सास्ती नहुने भएकाले सजिलो लाग्ने गरेको यात्रुहरु बताउँछन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।