शनिबार, साउन ३०, २०८३

'वार'को कमाल, राख्यो यस्ता रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ऋतिक रोशन र टाइगर श्राफको फिल्म वारले वलिउडमा हंगामा मच्चाइरहेको छ। यसक्रममा फिल्म वारले रिलिज भएको तीन सातामा भारतीय तीन सय करोडको व्यापार गर्न सफल भएको छ।  यो सँगै यस वर्ष सबैभन्दा बढी आम्दानी गर्नेमा वारले आफ्नो नाम लेखाएको छ।

अक्टोबर २ मा रिलिज भएको फिल्मले दर्शकको माया अझै पाइरहेको छ। फिल्म हेर्नका लागि दर्शकहरुको भिड अहिले पनि लागिरहेकाले यसले अझै बढी कलेक्शन गर्ने आशा गरिएको छ। 

पहिलो दिनमै भारतीय ५३.३५ करोडको व्यापार गरेको फिल्म वारले वलिउडमा सुरुवाती दिनमै सबैभन्दा बढी ओपनिङ कलेक्शन गर्ने फिल्म बनेको थियो। यसले यसअघिको अमिर खानको फिल्म ठग्स अफ हिन्दूस्तानले बनाएको सबैभन्दा बढी ओपनिङ कलेक्शनको रेकर्ड तोडेको हो।

वारले हालसम्म बनाएका रेकर्ड यस्ता

१ ऋतिक र श्राफको पहिलो तीन सयको व्यापार गर्ने फिल्म
२ सबैभन्दा पहिले २ सय करोडको व्यापार गर्ने सन् २०१९को पहिलो फिल्म
३ हालसम्मकै सबैभन्दा बढी ओपनिङ कलेक्शन गर्ने वलिउड फिल्म
४ लिमिटेड रिलिजमा पनि रेकर्ड ब्रेक गर्ने कमाइ
५ अष्ट्रेलियमा बन्यो हाइएस्ट ओपनर वलिउड फिल्म
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।