शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व प्रहरी निरीक्षककै घर भाडामा लिएर नक्कली नोटको कारोबार

पूर्व प्रहरी निरीक्षककै घर भाडामा लिएर नक्कली नोटको कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्व प्रहरी निरीक्षको घर भाडामा लिएर काठमाडौंको गोकर्णेश्वरमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ।

प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैँया छाप्ने मेसिनसहित तीन जनालाई नियन्त्रणमा लिएपछि उक्त रहस्य खुलेकाे हो। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नक्कली नोट छाप्ने मेसिनसहित दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरुले भाडामा लिएको घर पूर्व प्रहरी निरीक्षक रोशन दवाडीको रहेको प्रहरी नायव उपरीक्षक रमेश सिंहले जानकारी दिए। सात महिनादेखि घरको दोस्रो तलामा कोठा भाडामा लिई नक्कली नोटको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

उनीहरुको साथबाट एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिब २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले हालसम्म ६०–७० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्याइसकेको बुझिएको सिंहले जानकारी दिए। सिंहका अनुसार उनीहरुले एक हजारको नक्कली नोट दिएर रिचार्जकार्ड किन्ने गरेको खुलेको छ।

‘दसैँको समयमा भीडभाड हुने र व्यस्त हुने स्थानमा नक्कली नोट दिएर सामाग्री खरिद गरेको खुलेको छ’, प्रहरी नायव उपरीक्षक सिंहले भने, ‘अधिकांश नोट रिचार्ज खरिद गरेर साटेको भेटिएको छ।’ उनले थप अनुसन्धान भैरहेकोसमेत जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।