शनिबार, साउन ३०, २०८३

डेढ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको गोदावरी नगरपालिका–७, लालपुरबाट प्रहरीले डेढ लाखभन्दा बढी रुपैयाँसहित २८ जना जुवाडेलाई पक्राउ गरेको छ। 

आइतबार राति लालपुरस्थित वीरबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनीहरूलाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई एक लाख ५६ हजार तीन सय ८२ रूपैयाँसहित पक्राउ गरेको हो। होटलमा जुवा तास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।