शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयोगको पदाधिकारी टुङ्गो लगाउन नेकपा र कांग्रेस छलफलमा

आयोगको पदाधिकारी टुङ्गो लगाउन नेकपा र कांग्रेस छलफलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन्।

नेकपाका तर्फबाट नेकपा अध्यक्ष प्रचण्ड, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायत शीर्ष तहका नेताहरू पनि सहभागी छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजवीन आयोगका पदाधिकारी चयनका विषयमा छलफल भइरहेको छ। 

सिफारिसका लागि सरकारले समिति बनाएपनि राजनीतिक सहमति हुन नसक्दा हालसम्म दुवै आयोगका पदाधिकारीहरुको सिफारिस हुन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।