शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नौबीसे-नागढुंगा सुरुङमार्गको शिलान्यास आज, साढे ३ वर्षमा सकिने

नौबीसे-नागढुंगा सुरुङमार्गको शिलान्यास आज, साढे ३ वर्षमा सकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना नौबीसे–नागढुंगा सुरुङमार्गको आज शिलान्यास हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्न लागेका छन्। 

जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा सुरुङमार्ग बन्न लागेको हो। २.७ किलोमिटर लामो सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको बताइएको छ।

सुरुङमार्ग काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङको धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुनेछ।

सुरुङमार्ग बनेपछि नौबीसे-नागढुंगा क्षेत्रको जाम अन्त्य हुने बताइएको छ। सुरुङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाजमा-आन्दो जेभीले पाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।