काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा अनुसन्धानका लाग अदालतले थप हिरासतमा राख्न आदेश दिएको हो।
न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले बताए।
महरामाथि अनुसन्धान गर्न प्रहरीले यसअघि १३ दिन म्याद लिएको थियो।
प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद माग गरेकोमा अदालतले ५ दिन दिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४