काठमाडौं- काठमाडौं उपत्यका र उपत्यकालाई जोड्ने १६ वटा सडक निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई सरकारले कालोसूचीमा राख्ने चेतावनी दिएको छ।
सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतमा रहने सडक डिभिजन कार्यालय, मीन भवनले ७ दिनको समय दिँदै कालोसूचीमा राख्दै ठेक्का बापत राखेको जमानत जफत गर्ने चेतावनी दिएको हो।
७ दिने स्पष्टिकरणसहित काम सक्ने स्पष्ट आधारसहितको चित्त बुझ्दो जवाफ नदिए उनीहरुलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यलाई सिफारिस गर्ने विभागले सूचनामार्फत जानकारी गराएको छ।
सडक तथा पुल निर्माणको ठेक्का पाएका कम्पनीले सर्तअनुसारको काम नगरेको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राख्ने चेतावनी दिएको हो।
लापरबाही गर्ने ठेकेदार कम्पनीहरुको नामावालीः
आकाशेधारा–राम मन्दिर–कृष्ण मन्दिर–शैलुङ कन्स्ट्रक्सन
साततले भण्डारी गार्मेन्ट–आकाशेधारा–बालुवाखानी दिवा–शैलुङ जेभी
विष्णु बुढानिलकण्ठ–उत्तर शिवपुरी निकुञ्ज सडक–स्वच्छन्द–पञ्चकन्या जेभी
पञ्चकन्या मार्ग–देउवा निवास–गिरिजाप्रसाद कोइराला शान्तिपार्क सडक–गजुरमुखी–मोतिदानर बानियाँ जेभी
साततले–मिलनचोक–अग्निगुम्बा पश्चिम कपन सडक–मृतसंजिवनी–वाइवा एन्ड लामा जेभी
सिसडोल–बञ्चरेडाँडा सडक–कान्छाराम–सुनकोसी जेभी
केएमसी–४ कपनमार्ग, बुढानिलकण्ठ सडक बिटीर अजम्बरी जेभी
बुढानिलकण्ठ–निलोपुल–शिवपुरी निकुञ्ज सडक–बिरुवा कन्स्ट्रक्सन प्रालि
महांकाल–भृकुटीचोक–तेञ्जिङचोक–चपली–बुढानिलकण्ठ सडक–तुँदी–प्रेरा जेभी
सुन्दरबस्ती आदर्शनगर–चुनिखेल–टुसाल–जगडोल–राष्ट्रिय सहिहदपार्क सडक–शैलुङ कन्स्ट्रक्सन
मनोहरा करिडोर सडक–एसएमएनएस–जयबाबा–एलसिएसपिएस जेभी
टोखा–त्रियोग स्कुल–धापासी–हाइट चक्रपथ सडक–भण्डारी विल्डर्स–कामख्या–धिताल जेभी
विष्णुमति (गोंगबु रमणबस्ती टोखा) जोड्ने पुल सिरुवा कन्स्ट्रक्सन
चक्रपथ–सामाखुसी–टोखा गुर्जेभञ्ज्याङ सडक–सुनौला खिम्ती–रफिना जेभी
केएमसी–३५ खहरे–मूलपानी–गान्धीमार्ग–मोतिदान–दी कञ्चनजंघा जेभी
पेप्सीकोला–ब्रह्मखेल सडक–महालक्ष्मी–वल्र्डवाइड–भण्डार थोडुङ जेभी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४