काठमाडौं- आगामी २ वर्षपछि हुने राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा सार्वजनिक गरिएको छ।
तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी लोगो र मूल नारा सार्वजनिक गरेको हो।
राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने तय गरिएको छ।
त्यस्तै जनगणनाको लोगोमा संघीयता झल्किने नेपालको नक्सा र विभिन्न जातजाति तथा धर्मका व्यक्तिहरु देखिने मानिसको समूहलाई राखिएको छ।
जुन अर्धगोलाकारभित्र छ। नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। नेपालको जनसंख्या हाल करिब २ करोड ९४ लाख रहेको छ।
तथ्यांक विभागका अनुसार राष्ट्रिय जनगणनाका लागि आगामी माघ १ गतेदेखि चैत ३० गतेसम्म नमुना जनगणना गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४