रौतहट- बम विस्फोटका घाइतेलाई इट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले रौतहट अनुमति दिएको छ।
आलमको बयान गर्न बाँकी रहेकाले दोस्रो पटक ५ दिनको म्याद थप गरिएको अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।
आलमले बयान दिन नमानेको बुझिएको छ। आलम असोज २६ गते पक्राउ परेका थिए।
सर्वोच्च अदालतले २०६९ सालमै पक्राउ गर्न आदेश दिए पनि उनी आदेश दिएको सात वर्षपछि पक्राउ परेका थिए।
घटना भने २०६४ साल चैत २७ गते भएको थियो। आलमले संविधान सभाको निर्वाचनको बुथ कब्जा गर्न बनाउन लगाएको बम अचानक विस्फोट भएपछि केहीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए।
घाइते भएकाहरुलाई उनले इट्टा भट्टामा हालेर जिउँदै जलाई हत्या गरेको अभियोग लागेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४