शनिबार, साउन ३०, २०८३

टीकापुर घटनाको उच्च अदालतमा सुनुवाई सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कैलालीको टीकापुर नरसंहार घटनाबारे उच्च अदालत, दिपायलले आइतबार सुनुवाई सुरु गरेको छ। 

जिल्ला अदालत, कैलालीले गत फागुन २२ गते टीकापुर घटनामा संलग्न भनिएकामध्ये सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैद र अन्य १२ जनालाई तीन वर्ष जेल सजायको फैसला गरेको थियो।

फैसलापछि दोषी ठहर भएका र जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत, दिपायलमा पुनरावेदन गरेका थिए। दोषी ठहर भएकाहरुले घटना राजनीतिक भएकाले आफूहरूलाई सजाय हुन नहुने भन्दै उच्च अदालत, दिपायलमा पुनरावेदन गरेका थिए । यस्तै, जिल्ला सरकारी वकिलको कार्यालय, कैलालीले माग दाबी अनुसार दोषीलाई कम सजाय नभएको भन्दै पुनरावेदन गरेको थियो।सरकारी वकिलको कार्यालयले दोषीलाई सर्वस्वसहित जन्मकैद गर्नुपर्ने माग दाबी गरेको थियो। 

मुद्दाको सुनुवाईका लागि न्यायाधीश धीरबहादुर कार्की र नरसुल्लाह अन्सारीको बेन्चमा पेशी तोकिएको स्रेस्तेदार इन्द्र कठायतले जानकारी दिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।