शनिबार, साउन ३०, २०८३

नामको बैठकका लागि प्रधानमन्त्री ओली अजरबैजान जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- असंलग्न राष्ट्र समूहको १८औं बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली असोज ७ गते अजरबैजानको राजधानी बाकु जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको बाकु भ्रमणको औपचारिक घोषणा गरेको हो। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरूको राष्ट्र प्रमुखको बैठकमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ। बैठक आउँदो शुक्रबार र शनिबार हुनेछ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू जाने छन्।

ओलीले बैठकलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ। वर्तमान विश्वका चुनौतीका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने जनाइएको छ। साथै प्रधानमन्त्रीले बिभिन्न देशका प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रले जनाएको छ।

बाकुमा असंलग्न राष्ट्र समूहको मन्त्रीस्तरीय बैठक बुधबार र बिहीबार हुनेछ भने सचिवस्तरीय बैठक सोमबार र मंगलबार हुनेछ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले शुक्रबार बाकुमा आयोजना गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री ओली शनिबार बाकुबाट स्वदेश फर्कने र आइतबार काठमाडौं आइपुग्ने परराष्ट्रले जनाएको छ। नेपाल असंलग्न राष्ट्र समूहको संस्थापक सदस्य हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।