शनिबार, साउन ३०, २०८३

महराको बयान सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बलात्कार प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको हो। 

महराको पक्षमा बहस गरिरहेका अधिवक्ता मुरारी सापकोटाले प्रहरीको उपस्थितिमा महराको बयान सुरु भएको जानकारी दिए।  ​​​​​​

यसअघि उनले असोज २८ गते बयानका लागि अस्वीकार गरेका थिए। 

सरकारवादी फौजदारी मुद्दामा अभियुक्त पक्राउ परेपछि प्रहरीले बयान गराउँछ।

बयानपछि महरालाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालत लगिने महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

जिल्ला अदालतले असोज २८ गते अनुसन्धानका लागि महरालाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। अदालतले दिएको म्याद शनिबार सकिएको छ।

संसद् सचिवालयमा कार्यरत राेशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महरालाई गत असोज १९ मा सभामुख निवासबाटै पक्राउ गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।