शनिबार, साउन ३०, २०८३

कुटपिटबाट कैलालीमा महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीमा महिलाको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। 

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ५ की ४० वर्षीया पुतली रावलको दुईजना महिलाको कुटपिटबाट मृत्यु भएको हो। 

रावलका भतिजा रमेशले असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाको कुटपिटबाट घाईते भएकी उनको उपचारका क्रममा भारतमा मृत्यु भएको बताए।

कुटपिटबाट गम्भीर घाईते भएकी रावललाई उपचारका लागि कोहलपुर पुर्याइएकोमा लखनउ रेफर गरिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको हो। 

कुटपिटमा संलग्न भएको भन्दै परिवारले दिएको जाहेरीका आधारमा रावलका छिमेकी समेत रहेका ५० वर्षीया विष्णा विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर भट्टले दुवै जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए।

अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। अहिले दुवै महिला जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।